गोपी हमालको चेतावनी– गेटामा यसै शैक्षिकसत्रदेखि पढाइ सुरु नभए म पनि अनशनमा बस्छु
shilapatra.com · Mon Jul 27 04:38:00 GMT 2026

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्रदेखि अध्यापन सुरु नभए आफू पनि अनशन बस्ने चेतावनी दिएका छन् ।
डडेल्धुरा जाने क्रममा डोटीको बुडरबाट सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै हमालले यस्तो बताएका हुन् । ‘यो शैक्षिकसत्रदेखि पढाइ सुरु भएन भने म गोपी हमाल पनि अनशनमा बस्छु,’ उनले भने, ‘त्यो अनशनमा को–को सुदूरपश्चिमवासीले साथ दिनुहन्छ ? तयार हुनुहोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)