मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर चितुवाको मृत्यु

barnanmedia.com · Sat Sep 26 23:03:27 GMT 2026

चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेलापरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक एवं प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)