युरो फुटबल: युक्रेनद्वारा मेसोडोनिया पराजित
hamrakura.com · Thu Jun 17 00:00:00 GMT 2021
काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'सी'को खेलमा युक्रेनले नर्थ मेसोडोनियालाई २-१ गोलले पराजित गर्दै तीन अङ्क हासिल गरेको छ। युक्रेन दुई खेलमा तीन अङ्क सहित तेस्रो स्थानमा रहेको छ। उक्त समूहमा अष्ट्रिया र नेदरल्याण्ड्स एक-एक खेलमा तीन-तीन अङ्कका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्।
खेलको २९ मिनेटमा आन्द्रेई यार्मालेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए। त्यसैगरि युक्रेनका रोमन यारेमचुकले ३४औं मिनेटमा गोल गर्दै २-०को अग्रता दिलाएका थिए। म्यासेडोनियाका लागि खेलको ५७औं मिनेटमा एग्जान एलिओस्कीले गोल गर्दै खेलमा फर्किने सङ्केत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)