ला लिगा : जिरोनालाई हराउँदै शीर्षमा रियलले बनायो ५ अंकको अग्रता
ekantipur.com · Sun Feb 11 00:47:28 GMT 2024
काठमाडौँ — उपाधिको होडमा निर्णायक हुन सक्ने खेलमा रियल म्याड्रिडले शनिबार जिरोनालाई स्पेनी ला लिगामा ४–० ले हराएको छ । यस जितसँगै रियलले लिग तालिकाको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ ।
रियल ६१ अंकमा शीर्षमा छ भने उसको पछाडि जिरोनाको ५६ अंक छ । रियलको यो जितमा जुड वेलिङघमले दुई तथा भिनिसियस जुनियर र रोड्रिगोले एक/एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)