मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

ratopati.com · Sat Sep 26 23:36:02 GMT 2026

बाजुरा । सदरमुकाम मार्तडीलगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला लगातारको वर्षाले प्रभावित भएको छ । शनिबारबाट विधिवत् रूपमा सुरु भएर असोज ११ र १२ गते लाग्ने मेला वर्षाका कारण अब असोज १५ र १६ गते लाग्ने भएको हो ।

सदरमुकाम मार्तडीमा लाग्ने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन शनिबार बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मेला लाग्ने मिति परिवर्तन गरेको छ । बैठकले वडाध्यक्ष थापाको संयोजकत्वमा सात सदस्यीय मेला व्यवस्थापन समिति गठन गर्दै सो अवधिभर मदिरा बिक्री वितरण तथा सेवन गरी मेला बिथोल्ने प्रयास गरे प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)