राष्ट्र बैंकले परिमार्जन गर्यो आधार दर गणना विधि
clickmandu.com · Thu Aug 27 12:41:22 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आधार दर गणना विधिमा परिमार्जन गरेको छ । हाल आधार ब्याजदर गणना गर्दा कुल सञ्चालन खर्चको ८५ प्रतिशत रकमलाई समावेश गर्दै आएकोमा अब कुल सञ्चालन खर्चको ९० प्रतिशत रकमलाई आधार दर गणनामा समावेश गर्ने गरी परिमार्जन गरेको हो ।
सञ्चालन खर्च अन्तर्गत १० प्रतिशत रकम गैरकोष सञ्चालन खर्च अनुमान गरिएको र सोको पूर्ति गैरकोष आम्दानीबाट नै हुन सक्ने भएकोले उक्त व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि सञ्चालन खर्चको १५ प्रतिशत रकम गैरकोष सञ्चालन खर्च अनुमान गर्दै सोही अनुसार आधार दर गणना विधि रहेकोमा त्यसमा परिमार्जन गरेको केन्द्रीय बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)