चर्किएको जमिन, त्रासमा बस्ती
gorkhapatraonline.com · Sat Sep 26 23:42:48 GMT 2026

आकाशमा बादल मडारिन थाल्यो कि सन्धिखर्क नगरपालिका–७, भुजुङका बासिन्दाको मनमा त्रास उत्पन्न हुन्छ । सामान्य पानी पर्दा पनि उहाँहरूको ध्यान घरको छानोभन्दा बस्तीभन्दा माथि चर्किएको जमिनतिर जान्छ । कतै जमिन खस्यो कि, कतै पहिरो आयो कि, कतै त्यसले घरसँगै ज्यान पनि बगाउने पो हो कि भन्ने चिन्ताले उहाँहरूलाई सताउने गर्छ ।
भुजुङका गङ्गाबहादुर नेपाली भन्नुहुन्छ, “पानी पर्न थालेपछि बस्ती सुरक्षित छ कि छैन भन्ने चिन्ता हुन्छ ।” भुजुङमा करिब ४० घरधुरी बसोबास छ । ती परिवारमा १६९ जना बस्दै आएका छन् । अधिकांश दलित समुदायका परिवार रहेको यो बस्तीमाथिको जमिन वर्षायाममा चर्किने र पहिरोको जोखिम बढ्ने गरेको छ । लगातारको वर्षापछि अहिले जोखिम झनै बढेको स्थानीय बासिन्दा बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)