सरकारको चेतावनी अटेर गर्दै बाढी पीडितका नाममा जथाभावी ‘गोफन्डमी’ बाट रकम उठाइँदै
techpana.com · Thu Aug 27 12:40:44 GMT 2026

काठमाडौं । नेपालका बाढीपीडितको उद्धार तथा राहतका नाममा अन्तर्राष्ट्रिय क्राउडफन्डिङ प्लेटफर्म ‘गोफन्डमी’मा विभिन्न गैरआवासीय नेपाली संस्था, सामाजिक सङ्घ-संस्था र व्यक्तिले रकम सङ्कलन गरिरहेका छन् । गोफन्डमीमा ‘Nepal Flood’ भन्ने कीवर्ड सर्च गर्दा दर्जनौँ नेपाली तथा विदेशी नागरिक तथा संस्थाले आ-आफ्नै तरिकाले राहतका नाममा रकम माग गर्दै अभियान सञ्चालन गरेको देखिन्छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै बाढीपीडितको नाममा राहत रकम सङ्कलन नगर्न अनुरोध गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष अन्तर्गतका नौ ओटा खाता मा मात्र रकम पठाउन अनुरोध गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)