‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फोटोफिचरसहित)
rajdhanidaily.com · Mon Jul 27 05:51:05 GMT 2026

काठमाडौँ। ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ । सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरेका हुन् ।
सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्ति वाचनसहित पूजापाठ समेत गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदुत र जाइकाका अध्यक्षबाट संयुक्त रूपमा जापानतर्फको शिलालेखको अनावरण समेत गरेका छन् । उद्घाटनसँगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)