मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निषेधाज्ञामा काठमाडौंमा  ७७ जुवाडे पक्राउ, अधिकांश व्यापारी

nayapatrikadaily.com · Tue Jun 08 23:19:00 GMT 2021

- प्रहरीले मंगलबार बुढानीलकण्ठ–१० ज्योतिनगरस्थित दीपा कार्कीको घरमा छापा हान्दा पाँच जना जुवा खेलिरहेका थिए । धादिङ धुनीबेँसी–२ का ३३ वर्षीय सुरेन्द्र खकुरेलको नेतृत्वमा जुवा चलिरहेको थियो । खालबाट प्रहरीले ७६ हजार एक सय २० रुपैयाँ र तास बरामद गरेको छ । पाँचै जनालाई पक्राउ गरेको छ ।

- जुवा भइरहेको सूचना पाएपछि प्रहरीले २४ जेठमा गोंगबुचोकस्थित फ्रिदा जोशीको कोठा छापा हान्यो । त्यहाँ कलंकीकी ४५ वर्षीया रसिता जोशीले १० जनालाई जम्मा पारेर जुवा खेलाउँदै थिइन् । मदिरा र मासुका परिकारसहित कौडामा नारिएका १० जुवाडेबाट प्रहरीले दुई लाख १५ हजार पाँच सय बरामद गर्‍यो । खालबाट प्रहरीले तासका बण्डल र कौडाका दाना पनि बरामद गरेको थियो । जुवाखालका लागि डेरा उपलब्ध गराउने फिद्रा भने भाग्न सफल भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)