महानगरको कारवाही गर्ने धम्कीप्रति महासंघको आपत्ति, आज पनि ११ बजेदेखि प्रदर्शन
kalakarmi.com · Thu Sep 21 00:37:29 GMT 2023
काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने धम्की दिएलगत्तै आन्दोलनरत नेपाल शिक्षक महासंघले बुधवार एक विज्ञप्तीमार्फत धम्कीपूर्ण वक्तव्य स्थानीय सरकार र कर्मचारी संयन्त्रको तर्फबाट आउनु दुःखद र खेदजनक भएको जनाएको छ ।
महानगरले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भनेको थियो । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन प्रारम्भ भएपछि काठमाडौं महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने जानकारी महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)