के अण्डाको पहेँलो भाग खानै नहुने हो ?
baahrakhari.com · Mon Dec 19 17:42:00 GMT 2022
अण्डा धेरैको मनपर्ने खाजा हो । अण्डालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । अण्डा खानाले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, कतिपयले अण्डाको पहेँलो भागलाई राम्रो मान्दैनन् । पहेँलो भागले मोटोपन बढाउने कतिपयको विश्वास छ ।
विश्व चर्चित टाइम म्यागेजिन का अनुसार अण्डाको सेतो भागको तुलनामा पहेँलो भागमा बढी मात्रामा पोषण पाइन्छ । आइरन, फोलेट र भिटामिनहरू पनि पहेँलो भागमा प्रशस्त मात्रामा पाइन्छ । अण्डाको पहेँलोमा भागमा महत्त्वपूर्ण तत्त्वहरू ल्युटिन र जियजाथिन पाइन्छ, जसले आँखा र दिमागको स्वास्थ्य राम्रो बनाउन सह्योग गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)