नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल-जापान सहकार्यको ऐतिहासिक उपलब्धि
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य भाग भव्य समारोहबीच औपचारिक रूपमा ‘ब्रेक थ्रु’ (छिचोलिएको) गरिएको छ। आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा एक ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीको रूपमा चित्रण गरेका छन्।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठकै वर्ष यस सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुले यसको महत्वलाई अझ विशेष बनाएको उनले बताए। यो सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्दै, काठमाडौंलाई धादिङ र पश्चिमतर्फ जोड्ने मुख्य नाकामा अवस्थित यस पूर्वाधारले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको बचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउने उल्लेख गरे। यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने राजदूत तोरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)