वाफ वुमेन्स च्याम्पियनसप : नेपालसामु सेमिफाइनल प्रवेशको अवसर
ekantipur.com · Thu Feb 22 00:53:59 GMT 2024
काठमाडौँ — नेपालले वाफ वुमेन्स च्याम्पियनसिपमा बिहीबार इराकको सामना गर्दैछ र टिमसामु यो खेल जितेर सेमिफाइनल प्रवेशको अवसर हुनेछ । समूह ‘बी’ को यो खेल साँझ ७.४५ मा साउदी अरेबियाको जेद्दामा हुनेछ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो र टिमको एक खेलबाट तीन अंक छ । इराक भने आफ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० ले पराजित रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)