मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खोटेहाङमा १३३ नयाँ व्यावसायिक फर्म दर्ता

deshsanchar.com · Fri Dec 31 17:30:49 GMT 2021

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता गराएको छ। सबै व्यवसायीलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले सबै वडामा ‘व्यवसाय दर्ता तथा नवीकरण एवं आन्तरिक राजस्व संकलन अभियान’ सञ्चालन गरेर होटेल, खुद्रा तथा किराना पसल, सप्लायर्स, बहुउद्देश्यीय कृषि तथा पशुफर्म दर्ता गराएको हो।

८ दिनसम्म वडा–वडामा सञ्चालन गरिएको अभियानका क्रममा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा १४ वटा, खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा १२ वटा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा १० वटा, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ११ वटा, खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा ८ वटा नयाँ व्यवसाय दर्ता गरिएको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक योगेश श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)