ककरोच प्रदर्शनकारीमाथि गरिएको थियो ‘पेलेट गन’बाट सात राउन्ड फायर
baahrakhari.com · Mon Jul 27 07:07:38 GMT 2026

काठमाडौं । भारतमा जुलाई २० मा ककरोच जनता पार्टीले आयोजना गरेको ‘संसद् चलो’ मार्चका क्रममा प्रदर्शनकारीमाथि ‘पेलेट गन’ प्रयोग गरियो । कन्नट प्लेस क्षेत्रमा खटिएका र्यापिड एक्सन फोर्स (आरएएफ)का एक जवानले आफ्नो पेलेट गनबाट कम्तीमा सात राउन्ड फायर गरेको पुष्टि भएको द इन्डियन एक्सप्रेस ले जनाएको छ ।
भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)को आन्तरिक छानबिन प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ । सात राउन्ड फायर गरिएको छानबिनबाट पुष्टि भएको इन्डियन एक्सप्रेस ले उल्लेख गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)