त्रिविको परीक्षा प्रणालीकै विश्वसनीयताको परीक्षा
baahrakhari.com · Mon Jul 27 07:10:49 GMT 2026
त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप समूहमा पुगेको र त्यसको उत्तरसमेत आदान प्रदान भएको खुलेको छ । घटना बाहिरिएलगत्तै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डीनको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ भने परीक्षा नियन्त्रण महाशाखाले छानबिन समिति गठन गरेको छ । प्रहरीले पनि यस घटनामा संलग्नताको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
भारतमा मेडिकल शिक्षा प्रवेश परीक्षा ९एनईईटी० को प्रश्नपत्र बाहिरिएको घटनाले हालै ठूलो विद्यार्थी आन्दोलन निम्त्यायो । त्यस घटनाले परीक्षा प्रणालीको विश्वसनीयता, सरकारी जवाफदेही र शिक्षा प्रशासनको पारदर्शितामाथि गम्भीर बहस सुरु गराएको छ । नेपालमा पनि उस्तै प्रकृतिको घटना दोहोरिनुले हाम्रो परीक्षा प्रणालीमाथि पनि गम्भीर बहसको आवश्यकता देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)