आजको मौसम : प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षा हुने
lokaantar.com · Mon Jan 02 00:48:34 GMT 2023
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुनेछ ।
विभागका अनुसार तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लाग्नाले चिसो बढ्ने र जनजीवन प्रभावित हुनेछ । चिसो क्रमिक रुपले बढ्दैगएकाले त्यसबाट बच्न विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)