मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्खाले सडकमा ३ अर्बको क्षति

ekantipur.com · Wed Nov 02 00:21:17 GMT 2022

काठमाडौँ — बर्खाका कारण आएको बाढीपहिरोले सडक पूर्वाधारमा ३ अर्ब रुपैयाँको क्षति भएको छ । असोजसम्म परेको पानीका कारण आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति कर्णाली राजमार्गमा भएको छ । दसैंका बेला लगातार पानी परेपछि चाडबाडमा घर हिँडेकाहरू पहिरोका कारण बीच बाटोमै अलपत्र परेका थिए । अहिले पनि केही सडक ठप्प रहेको सडक विभागले जनाएको छ ।

सुरुमा कर्णाली राजमार्गका दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेर समस्या भए पनि अहिले धेरै स्थानको सडक खुलेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘पछिल्लो समय कर्णालीमा अवरुद्ध सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको छ,’ थापाले भने, ‘खुलालु–सिमीकोट खण्डमा भने अहिलेसम्म सवारी सञ्चालनमा ल्याउन सकिएको छैन ।’ बाढीपहिरोबाट यस पटक सडक पूर्वाधारमा ठूलो क्षति भएको छ । कतै कालोपत्रे सडक बगेको छ, कतै ठूला ढुंगा खसेर सडक भत्किएका छन् । ‘क्षतिको विवरण सबैतिरबाट मागेका छौं,’ थापाले भने, ‘सडकलाई पहिलेकै अवस्थामा ल्याउन अनुमानित ३ अर्ब रुपैयाँ लाग्ने देखिन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)