कफ्र्यु उल्लंघन भएपछि कप्तानगञ्जका सडकमा नेपाली सेना
arthasansar.com

सुनसरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।
हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयपछि नेपाली सेनाको टोली खटिएको बताइएको छ । कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)