मुद्दती निक्षेपमा दुई अर्ब चवालिस करोड लगानी
gorkhapatraonline.com · Sat Jan 06 01:13:19 GMT 2024
काठमाडौँ, पुस २१ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब ९५ करोड २० लाख, विकास बैङ्कमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपियाँ गरी कुल दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्न लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)