मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गर्मीमा आँपदेखि आरु - कुन फलफूल कति खाने ?

Ujyaaloonline.com · Wed Jun 26 23:03:41 UTC 2024

गर्मीको बेला शरीरमा पानीको मात्रा पूरा गर्न प्रशस्त तरल पदार्थ खानुपर्छ । चर्को घाम र वातावरणको तातोले पनि विभिन्न रोगको जोखिम बढाउँछ जसले शरीरमा आलस्य र कमजोरी ल्याउँछ । गर्मीमा यस्ता धेरै फलफूल पनि पाइन्छ जसलाई खाएपछि शरीरमा पानीको कमीलाई पूरा गर्नुका साथै गर्मीमा हुने धेरै रोगबाट बचाउन मद्दत गर्छ । त्यसैले मौसमअनुसार विभिन्न प्रकारका फलफूल खाएर स्वस्थ रहन सकिन्छ ।

गर्मीमा आँप, लिची, खरबुजा, आरु, आल्चा लगायतका फलफूल धेरै पाइन्छ । यी फलफूलमा भिटामिन, मिनरल, रेशा लगायतका पोषण तत्त्व धेरै पाइन्छ जसले शरीरको पाचन प्रणालीलाई मद्दत गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)