कुटपिट र भिडियो सार्वजनिक गर्नेविरुद्ध अशोक दर्जीको उजुरी
kendrabindu.com · Mon Jul 27 08:44:47 GMT 2026

काठमाडौं । बाल गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि दुर्व्यहार गर्नेहरूविरुद्ध प्रहरीमा उजुरी दिएको बुझिएको छ। उनका अनुसार यो घटना हालैको नभइ करिब डेढ महिनाअघि भएको हो।
अशोकले घटनासम्बन्धी निवेदन प्रहरीमा दर्ता गरिसकेको उल्लेख गर्दै वास्तविकता अनुसन्धानबाट स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्। आफू हाल काठमाडौंमा रहेको र घटनाबारे विस्तृत धारणा सार्वजनिक गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)