युवकमाथि प्रहरीको कुटपिट, एकजना गम्भीर
ratopati.com
मोटरसाइकलमा ३ जना चढेको आरोपमा प्रहरीले दुई युवकमाथि निर्घात कुटपिट गरेको छ । कुटपिटबाट महोत्तरीको जलेश्वर नगरपालिका–०४ थरुवाहीका हाल धनुषा जनकपुरधाम उपमहानगरपालिका–०४ सरस्वती टोल बस्ने १८ वर्षका सुमित यादव गम्भीर घाइते भएका छन् । रात्रि भोजमा सहभागीमा भएर घर फर्किरहेका मोटरसाइकलमा सवार युवकमाथि प्रहरीले कुटपिट गरेको हो ।
फर्किने क्रममा प्रहरीले एक हजार घुस मागेको र आफू विद्यार्थी भएकोले दिन नसक्ने बताएपछि प्रहरीले कुटपिट गरेको मोटरसाइकलमा सवार एक युवकले बताए । ती युवकका अनुसार प्रहरीले लखेटेर घरसम्म आएर कुटपिट गरेका थिए । झगडा छुट्याउन गएका सुमितका आमा निर्मला यादवलाई समेत प्रहरीले हेल्मेट प्रहार गरी कुटपिट गरेको स्थानीयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)