नेपालमाथि भारतको एकतर्फी जित
ekantipur.com · Tue Jul 18 00:37:41 GMT 2023
काठमाडौँ — भारत ‘ए’ ले एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा सोमबार नेपाललाई एकतर्फी खेलमा ९ विकेटले पराजित गरेको छ । भारत ‘ए’ लगातार दोस्रो खेलमा विजय हात पार्दै श्रीलंकामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ भने नेपाल लगातार दोस्रो खेलमा पराजय भोग्दै समूह चरणबाटै बाहिरिएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिसकेका खेलाडीले भरिएको भारत ‘ए’ विरुद्ध कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा नेपालको ब्याटिङ र बलिङ दुवै फिक्का देखियो । टस जितेर ब्याटिङ रोजेको नेपाल ३९.२ ओभरमा १ सय ६७ रनमै अलआउट भयो । भारतले २२.१ ओभरमै लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)