महिला युरो : बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा
ekantipur.com · Tue Jul 19 00:31:37 GMT 2022
लन्डन — बेल्जियमले समूह ‘डी’ को खेलमा इटालीलाई १–० ले पराजित गर्दै पहिलोपटक वुमेन्स युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा बेल्जियमका टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्याएकी हुन् ।
बेल्जियमले युरोपेली च्याम्पियनसिपमा खेलिरहेको यो दोस्रोपल्ट हो । समूहको अर्को खेलमा मंगलबार फ्रान्स र इटालीले १–१ को बराबरी खेले । यो नतिजापछि फ्रान्स सात अंकसहित समूह विजेता बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)