पार्टीको हैसियत कमजोर हुँदा पूर्वलाई किराँत प्रदेश बनाउने लक्ष्य पूरा भएन : प्रधानमन्त्री
farakdhar.com · Mon Jan 15 16:38:21 GMT 2024
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन् । सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताए ।
प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । ‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो,’ उनले भने, ‘मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिएँ । तर, दुर्भाग्य हामो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)