मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई महिनादेखि नेतृत्व बिहीन सेवोन, आईपीओ स्वीकृतिमा ब्रेक, अध्यक्ष नियुक्तिको फाइल मन्त्रिपरिषदमा

arthasansar.com

सेयर बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) नेतृत्व (अध्यक्ष) बिहीन भएको करिब दुइ महिना पुग्न लागेको छ । तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछी बोर्ड पूर्णकालिन अध्यक्ष बिहीन बनेको हो ।

श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए । अहिले दैनिक कामकाजको लागि अर्थमन्त्रालयका सहसचिवले अध्यक्षको हैसियतले काम गरिरहेका छन् । तर श्रेष्ठ अध्यक्ष हुनु भन्दा दुई दिन अघि वैशाख २ गते ३ वटा कम्पनीले आईपीओ जारी गर्ने स्वीकृति पाएका थिए । त्यस पछिका दिनमा कुनै पनि कम्पनीले आईपीओ जारी गर्नका लागि अनुमति पाएका छैनन् । अहिले पनि बोर्डमा धेरै कम्पनीहरु आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)