कोशी सहित केही प्रदेशमा भारी वर्षा, अन्य भेगमा पूर्ण बदली
nepalviews.com · Thu Jun 27 00:14:20 UTC 2024

काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मुलुकका अधिकांस स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २५ दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा ४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै पोखरमा १५४ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)