पेरिसलाई मनिताको लक्ष्य
ekantipur.com · Thu Jun 27 00:15:05 UTC 2024
काठमाडौँ — जुडोकी मनिता श्रेष्ठ प्रधानले साउन ११ देखि २७ सम्म हुने पेरिस ओलम्पिकमा मंगलबारमात्र वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । उनले महिला ५७ केजीमुनि तौल समूहमा भाग लिनेछन् ।
१२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता २५ वर्षीया मनिताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी हुन् । उनी ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)