एसईई नतिजा आज
ekantipur.com · Thu Jun 27 00:20:04 UTC 2024

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्दै छ । बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक बिहीबार (आज) नै एसईई परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।
बुधबार बोर्डका पदाधिकारीहरूलाई नतिजा प्रकाशनको तयारीबारे जानकारी गराएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । बिहीबार बिहान बोर्डको बैठक बोलाइएको छ । बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)