अन्तर्राष्ट्रिय सञ्चारको केन्द्रमा नेपाल
gorkhapatraonline.com · Sat Sep 20 23:58:50 GMT 2025

नेपालमा गत साता भएको दुईदिने जेनजी आन्दोलनले ल्याएको सरकार परिवर्तनसहितको राजनीतिक उथलपुथलको घटनाले नेपाल विश्वको ध्यानाकर्षण केन्द्र बन्यो ।
सामाजिक सञ्जालमा लगाइएको बन्देज र भ्रष्टाचारको विरोध गर्दै गत भदौ २३ गते जेनजी समूहले तत्कालीन सरकारविरुद्ध सडक प्रदर्शन गरेको थियो । माइतीघरबाट सुरु भएको प्रदर्शनमा के गर्ने र के नगर्ने भन्ने उनीहरूले आचारसंहितासमेत बनाएका थिए तर दिन घर्किदै जाँदा उक्त प्रदर्शन अचानक हिंसात्मक भएको थियो । सो दिन १९ जनाले ज्यान गुमाएपछि भड्केका जेनजी समूहमा अन्य अज्ञात समूहसमेत मिसिएर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत कैयौँ सरकारी निकायमा आगजनी गरेर संरचना ध्वस्त बनाइयो । उक्त हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)