कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक
barnanmedia.com · Mon Jul 27 09:55:38 GMT 2026

सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।
बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताउनुभयो । गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)