मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जा मन्त्रालयले भन्यो- चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नु

setopati.com · Sun Sep 21 00:09:35 GMT 2025

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ।

प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पांग्रे र दुई पांग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गरेको छ। यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)