मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी घाइतेका सुझाव सुशासन कायम होस्

gorkhapatraonline.com · Sun Sep 21 00:15:08 GMT 2025

कैलाली टीकापुरका प्रकाश विष्ट (२३) गाउँमै १२ कक्षा पूरा गरेर केही समयअघि विदेश जाने तयारीमा काठमाडौँ छिर्नुभयो । अनेक हन्डर र ठक्कर खाँदा पनि विदेश अध्ययन गर्न जान भिसा नलागेपछि काठमाडौँमै पठाओ चलाउँदै जीविका चलाउन थाल्नुभयो ।

जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा आन्दोलन गर्ने पोस्ट इन्टरनेटमा फेला पारेपछि उहाँ पनि आन्दोलनमा होमिने निष्कर्षमा पुग्नुभयो । जेनजीको पहिलो दिन भदौ २३ गते संसद् भवनअगाडि प्रदर्शनमा उत्रिएपछि कम्मरमुनि पाँच छर्रा लाग्यो । सिभिल अस्पतालको २१० नम्बर शय्यामा पाँच छर्रा शरीरमै बोकेर प्रकाश पीडा खेपिरहनुभएको छ । उहाँका आमाबुवा गाउँमै सामान्य खेतीकिसानी गरेर घरखर्च चलाउँदै आउनुभएको छ । घरको कमाउने एक्लो छोरा प्रकाश घाइते भएपछि परिवारमा पीडामाथि पीडा थपिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)