चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने
ekantipur.com · Wed Aug 10 17:29:30 GMT 2022
काठमाडौँ — चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ । साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ ।
चीनका विदेश मन्त्री वाङ यीले नेपालका परराष्ट्र मन्त्री नारायण खड्कासँगको द्विपक्षीय वार्ताको दौरान मंगलबार आर्थिक सहयोगका साथै रेलमार्ग निर्माण लगायत अन्य महत्त्वपूर्ण विषयहरुमा सहयोग लिने वाचा गरेका हुन् । उनीहरुबीच चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा करिब दुई घन्टा द्विपक्षीय वार्ता चलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)