उपनिर्वाचन : ३ क्षेत्रमा ६९ को उम्मेदवारी
ekantipur.com · Tue Apr 04 01:04:24 GMT 2023
बारा, चितवन र तनहुँ — आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपाका रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । सोमबार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)