पोप फ्रान्सिसलाई ज्वरो आएपछि.....
ratopati.com · Fri May 26 22:34:00 GMT 2023
भ्याटिकन सिटी । पोप फ्रान्सिसलाई ज्वरो आएपछि उनको निर्देशनअनुसार शुक्रबार बिहानको उनको कार्यतालिका खाली गरिएको भ्याटिकनले पुष्टि गरेको छ । भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले पोप फ्रान्सिसलाई स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बिहानी कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् ।
बिहानको कार्यक्रममा पोपले कोसँग भेट्ने अपेक्षा गरिएको भन्ने स्पष्ट नबताइकन उनको कार्यसूची शुक्रबार सार्वजनिक गरिएको थिएन । सास फेर्न गाह्रो भएपछि मार्चको अन्त्यमा फ्रान्सिसलाई रोमको अस्पतालमा भर्ना गरिएको थियो । तर छोटो उपचारपछि उहाँ नियमित काममा फर्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)