नारायणी अस्पतालको आकस्मिक सेवासमेत बन्द, भयरहित सेवा प्रवाहका लागि मागियो सुरक्षा
shilapatra.com · Mon Jul 27 10:32:00 GMT 2026

शनिबार भएको घटनापछि आकस्मिक सेवा समेत बन्द गरेको वीरगञ्जको नारायणी अस्पतालले भयरहित सेवाप्रवाहका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले सोमबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा भयभीत भएको भन्दै भयरहित सेवा प्रवाहका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका हुन् ।
घटनापछि चिकित्सक र स्वास्थ्यकर्मी डरले सेवा प्रवाहमा खट्न नसकेको समेत उनले उल्लेख गरेका छन् । यसका साथै उनले सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)