इरान युद्धमा उल्झिरहेका ट्रम्पलाई अर्को चुनौती, खनिज पदार्थमा चीनमाथिको निर्भरता अन्त्य गर्ने योजना संकटमा
nepalviews.com · Mon Jul 27 11:22:40 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२७ जनवरीदेखि चीनबाट आयात हुने अत्यावश्यक खनिज (क्रिटिकल मिनरल्स) मा निर्भरता अन्त्य गर्ने महत्त्वाकांक्षी योजना अघि बढाएका छन् । तर अमेरिकी खानी तथा प्रशोधन उद्योग आवश्यक उत्पादन क्षमता विकास गर्न नसकेकाले यो लक्ष्य पूरा गर्न कठिन हुने देखिएको छ ।
ह्वाइट हाउस फर्किएपछि ट्रम्पले महत्त्वपूर्ण खनिजको उत्खनन र प्रशोधनलाई राष्ट्रिय सुरक्षासँग जोड्दै प्राथमिकतामा राखेका छन् । चीनको आपूर्ति सञ्जालमाथिको प्रभुत्व घटाउन उनले करिब १५० अमेरिकी खनिज कम्पनीमा अर्बौं डलर लगानी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)