सुनसरी तनावको असर विराटनगरसम्म
ratopati.com · Mon Jul 27 11:27:25 GMT 2026

विराटनगर। सुनसरीको देवानगञ्जमा चर्किएको हिंसाको असर विराटनगरसम्म पुगेको छ । सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार ट्राफिक चोक क्षेत्रको बजार बन्द गराउने प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख(एसपी) कोवित कट्वालका अनुसार बन्द गराउन खोजे पनि खुलाउने प्रयास जारी छ। ‘केही मानिसले बजार बन्द गराउन प्रयास गरेको भन्ने आएको छ। हामीले तत्काल बजार खुलाउन भनेका छौँ,’ एसपी कट्वालले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)