मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सत्ता र पहुँच दुरुपयोगको तस्बिर

ekantipur.com · Fri Jan 26 01:07:18 GMT 2024

सत्ताको सधैं प्रियपात्र बनेर सूचना प्रविधि क्षेत्रमा राज्यलाई दोहन गर्दै आएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल बुधबार पक्राउ परेका छन् ।

भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा चलिरहेकै बेला उनीहरू अवैध रूपमा विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको र सार्वजनिक पदमा रहेकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाता बनेको आरोपमाथि छानबिनका क्रममा समातिएका हुन् । सत्तासँग सम्बन्ध गाँसेर कुनै व्यक्तिले कुन हदसम्म पदीय दुरुपयोग गर्दो रहेछ भन्ने बुझ्न यो प्रकरणले सघाउँछ । यस्तै, सत्तामा पुगेका नेताहरूको पदीय जिम्मेवारी बाँडफाँट गर्ने पद्धतिमा उठ्दै आएको प्रश्नलाई यसले प्रखर बनाएको छ । पौडेलद्वय अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा त तानिएका छन् तर फेरि पनि राजनीतिक शक्तिहरूकै दबाब र प्रभावमा उन्मुक्ति दिइने त होइन भन्ने संशय भने कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)