जेनिस उप्रेती बने भ्वाइस अफ किड्सका विजेता
nepalsamaya.com · Sat Jan 15 16:39:02 GMT 2022
काठमाडौं- १५ वर्षमुनिका बालबालिकाको गायन रियालिटी शो 'द भ्वाइस किडस्-२०२१'को उपाधि जेनिस उप्रतीले जितेका छन्। हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोको 'ग्रान्ड फिनाले' कार्यक्रममा जेनिस विजेता घोषित भएका हुन्। दर्शकको भोटका आधारमा विजेता बनेका जेनिस टिम प्रमोद खरेलका प्रतिस्पर्धी हुन्।
विजेता जेनिसले ट्रफीका साथ रु १५ लाख नगदका साथ विभिन्न उपहार प्राप्त गरे। विजेता जेनिसले आफूले आफ्नी आमाको सपना पूरा गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए। जेनिसकी आमाको केही सयमअघि कोरोना संक्रमित भएर मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)