१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
ratopati.com · Sun Jun 07 08:42:24 GMT 2026

काठमाडौँ । प्रहरीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट हुण्डी रकमसहित एक जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन्।
जेठ २३ मा स्याफ्रुवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार आरोपीको साथबाट १९ लाख ५२ हजार नगद बरामद गरिएको जिप्रका रसुवाका इन्स्पेक्टर राजु शाहले रातोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)