मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जाजरकोटको भेरीमा कम्तीमा १० जनाको मृत्यु, मेयर भन्छन्– नचर्किएको कुनै घर छैन

baahrakhari.com · Fri Nov 03 20:31:08 GMT 2023

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले शुक्रबार राति आएको भूकम्पबाट अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।

"अहिले हामी वडा नम्बर ३ र ४ मा बढी केन्द्रित छौँ । अहिलेसम्म हेर्दा नचर्किएको कुनै घर छैन । मृतकको संख्या पनि बढ्ने देखिन्छ । हामी उद्धारकै क्रममा छौँ," बाह्रखरीसँग उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)