दीर्घकालीन विकास हुने कुरा प्राथमिकतामाः मुख्यमन्त्री शाही
deshsanchar.com · Mon Oct 31 16:00:26 GMT 2022
सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले सात वटा प्रदेशमध्ये पछिपरेको कर्णाली प्रदेशको स्वरुप परिवर्तन गर्न दीर्घकालीन विकासलाई प्राथमिकता दिइने बताएका छन्। उत्तरी हुम्लाको चुनावी प्रचारका क्रममा नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र मुुचुु पुुगेका मुख्यमन्त्री शाहीले मतदातासँगको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्।
मुख्यमन्त्री शाहीले अब कर्णालीलाई परिवर्तन गर्न छरेर विकास गर्न नहुने बताउँदै दीर्घकालीन विकासलाई अबको प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले आफूले ६ वटा ब को अवधारणा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा अघि सारिसकेको बताए। उनले यसबाट कर्णालीको मुहार फेर्ने सपना र रणनीति आफूसँग भएको बताए। कर्णालीको विकासका लागि कर्णालीसँग भएको श्रोतलाई सदुुपयोग हुने योजना ल्याउनेतर्फ गठबन्धन लाग्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)