प्रतिनिधिसभा निर्वाचन : नवलपरासी–१ बाट विनोद चौधरीको एकल नाम सिफारिस
canadanepal.com · Sat Dec 20 16:32:24 GMT 2025

नवलपरासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्यसमितिले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।
कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएका नामहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको हो । तर नवलपरासी–१ बाट भने चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय भएको प्रदेश सभापति अमरसिंह पुनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)