मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल समूह गठबन्धनबाट अलग

rajdhanidaily.com · Mon Jul 12 23:30:59 GMT 2021

काठमाडौं । नेपाल विपक्षी गठबन्धन आबद्ध दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले भने सबैसँगको सहकार्यबाट अघि बढ्न कांग्रेस सभापति देउवालाई सुझाएका छन् । उनले बैठकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा आफू विपक्षी गठबन्धनमा आबद्ध भएको भन्दै अब त्यो अध्याय सकिएको तथा संविधान र लोकतन्त्र बचेको भन्दै गठबन्धनबाट अलग हुने निर्णय सुनाएका थिए ।

सो क्रममा नेपालले देउवालाई सरकार गठन गर्दा सबै पक्षलाई मिलाएर सहकार्यबाट अघि बढ्न भनेका हुन् । ‘संविधान र लोकतनत्रमाथि खतरा हुँदा म विपक्षमा आएँ, अब संविधान र लोकतन्त्र बचेको छ, तपाईले सबैसँग सहकार्य गरेर अघि बढ्नुहोला एमालेलाई पनि साथ लिनुहोला, हिजो हामी विभाजित अवस्थामा थियौं, अहिले पार्टीलाई एकताबद्ध बनाउने प्रयास अघि बढेको छ, हामी चाँडै यसलाई टुंग्याउन चाहन्छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)