अमेरिकाद्वारा ‘साउथ स्पियर’ सैन्य कारबाहीको घोषणा
barnanmedia.com · Fri Nov 14 20:15:00 GMT 2025

ल्याटिन अमेरिकी जल क्षेत्रमा अमेरिकी नौसेना तैनाथीले भूमि आक्रमण र क्षेत्रीय द्वन्द्व चर्किन सक्ने चासो बढिरहेका बेला अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार ‘नार्को–आतङ्ककारीहरूलाई हटाउने’ भन्दै नयाँ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ ।
हेग्सेथले सामाजिक सञ्जाल एक्समा ‘आज म अपरेसन साउथ स्पियरको घोषणा गर्दैछु’ भन्दै लेख्नुभएको थियो । उहाँले यो कारबाहीले ‘हाम्रो मातृभूमिको सुरक्षा सुनिश्चित गर्ने, गोलार्धबाट नार्को–आतङ्ककारीहरूलाई हटाउने र लागुऔषधजन्य अपराधबाट अमेरिकी जनतालाई बचाउने’ दाबी गर्नुभएको छ । तर सो पोस्टमा अपरेसनका वास्तविक कार्यविधि, उद्देश्य वा यसले चलिरहेको सैन्य कारबाहीभन्दा कसरी अलग प्रभाव पार्नेछ भन्ने विस्तृत विवरण भने दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)