शहरमा चुनाव जित्न सार्वजनिक छविका व्यक्ति खोज्दै माओवादी
shilapatra.com · Thu Sep 01 00:38:43 GMT 2022
नेकपा माओवादी केन्द्रले आउँदो मंसिरको संघ र प्रदेशको चुनावका लागि केही फरक रणनीति लिने संकेत गरेको छ । खासगरी, शहरी क्षेत्र जहाँ माओवादी केन्द्रको जनमत कमजोर छ, ती क्षेत्रमा चुनावी नतिजा आफ्नो हातमा पार्ने रणनीति बनाउने प्रयास थालेको छ । त्यसको संकेत प्रचण्डले सोमबारको बागमती प्रदेश कमिटीको बैठकमा पनि गरेका छन् ।
त्यतिबेला प्रचण्डले बालेन शाहको जस्तो सेन्टिमेन्टको खोजी गरिरहेको मात्र बताएका थिएनन्, नयाँ अनुहारको खोजी पनि भइरहेको बताएका थिए । त्यसको अलावा प्रचण्डले बागमती प्रदेशको स्थानीय तहको चुनावी परिणामले एमालेभन्दा बलियो देखिएको तर काठमाडौंमा एउटा पनि पालिका जित्न नसकेकोमा अब कम्तीमा २ देखि ३ सिट जित्नेगरी रणनीति बनाइरहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)